प्रदेश १ बैठक : तीन मिनेट बसेर स्थगित

  • सुमन सुस्केरा

विराटनगर । प्रदेश नं. १ को हिउँदे अधिवेशनको बैठक ३ मिनेट बसेर सकिएको छ ।

प्रदेश प्रमुखले अधिवेशन आह्वानबारे पठाएको पत्र पढेर सुनाइ बैठक स्थगित भएको हो । पत्रको वाचन सकेलगत्तै सभामुखले बैठक स्थगित भएको जानकारी दिएका थिए ।

त्यहाँ दुवै पक्षको नेकपाले एकअर्कालाई निषेध लगाउने रणनीति बनाएका थिए । तत्पश्चात् कार्यव्यवस्था परामर्श समितिले आजको बैठकमा दुवै खेमाका नेतालाई बोल्न नदिने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया