बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडाैं । काठमाडौंको बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

ना७ख २२०९ नम्बरको ट्याङ्करले बा५४प ३०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ५८ वर्षीया रिता खड्गीको मृत्यु भएको हो ।

श्रीमान जेन खड्गीले चलाएको स्कुटरमा पछाडि बसेकी उनको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । स्कुटरचालक सामान्य घाइते छन् ।

ट्यांकर चालक बाराका जितपुर सिमरा घर भएका ३० वर्षीय सागर लम्साल पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया