बीओकेका ग्राहकलाई लेभी रेस्टुरेन्टमा १० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले लेभी रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंक अफ काठमाण्डू र लेभी रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने सम्झौता भएको होे ।

सम्झौता पश्चात् ग्राहकले लेभी रेस्टुरेन्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत छुट पाउने छन् ।

सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लेभी रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका छन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया