सेयर बजारमा सामान्य करेक्सन

काठमाडौं । साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार लगातार बढेको शेयर बजारमा मंगलबार भने सामान्य करेक्सन देखिएको छ ।

मंगलबार सेयर बजार परिसूचक ५.५७ अंकले घटेर २३२६.९० विन्दुमा खस्किएको छ । परिसूचक सोमबार २३३२ अंकमा पुगेको थियो ।

मंगलबार ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपैयाँमा १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर खरिदबिक्री भएको छ । कुल २ सय ६ कम्पनीको शेयर मंगलबारको बजारमा कारोबार भयो ।

व्यापार, वित्त र जीवन बीमा समूहको समूहगत परिसूचिक उकालो लागेको भए पनि मंगलबार अन्य सबै परिसूचक ओरालो लागेका छन् । मंगलबारको कारोबारपछि कुल बजार पूँजीकरण ३१ खर्ब ३४ अर्ब पुगेको छ ।

प्रतिक्रिया