हिटरबाट आगो लाग्दा कलंकीमा वृद्धको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीस्थित खड्का गाउँमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । राति हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको विद्युत् सर्ट भएर आगलागी हुदा जलेर मृत्यु भएको हो ।

कालिमाटी प्रहरी वृत्तका डीएसपी अपिल बोहराका अनुसार आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेको अवस्थामा शव भेटिएको थियो । परिवारका सदस्यले जलेको गन्ध आएपछि मात्रै आगलागी भएको थाहा पाएका थिए ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया