पुरातत्त्वले भन्यो- ‘कमल पोखरीको पर्यावरणीय वातावरणलाई असर नगर्नु’

काठमाडौं । पुरातत्त्व विभागले कमल पोखरी संरक्षणको कार्य पर्यावरणीय वातावरणलाई असर पार्ने गरी गर्न भनेको छ । विभागले काठमाडौं महानगरपालिकालाई पत्र लेख्दै कमल पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणलाई असर पार्ने गरी निर्माण कार्य अघि नबढाउन भनेको हो ।

महानगरले कमलपोखरीलाई सुकाएर पोखरीको मध्य भागमा कंक्रिटको कमल र चारैतिर नयाँ संरचना बनाउने तयारी गरेको थियो । कमलपोखरीलाई सुकाएर त्यसमा पोखरीको प्राकृतिक रुप नै परिवर्तन गर्न खोजिएपछि स्थानीय र अभियन्ताहरुले विरोध जनाएका थिए ।

जनहित संरक्षण मञ्चले दिएको निवेदनको सुनुवाइ गर्दै विभागले पोखरीको पुनर्निर्माण परम्परागत निर्माण सामाग्री तथा प्रविधिको प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐन भित्र रहेर गर्न समेत भनेको छ ।

प्रतिक्रिया