अटो र एम्बुलेन्स ठोक्किँदा दुई जनाको मृत्यु

विराटनगर । झापाको दमक–४ ताराबारीमा एम्बुलेन्स र अटो एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएकाे छ ।

सोमबार बिहान मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १–०१–००३ ह ६२४ नम्बरको अटो एकापसमा ठक्कर खाँदा अटो चालक मोरङको उर्लाबारी–४ का ५० वर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवारी सोही ठाउँका ४९ बर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटनामा अटोमा सवार रहेका सुनसरीको इनरुवा–७ का २४ वर्षीय सौजन मगर र दमक–४ का राजन सिलवाल घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया