जुम्लामा लोडसेडिङ हुने तालिका सार्वजनिक

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । मागको तुलनामा विद्युत आपूर्ति अपुग भएको भन्दै प्राधिकरणको जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार जुम्लाको टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल क्षेत्रमा राती १ बजेदेखि दिउँसो साढे १२ बजेटसम्म र राति साढे ९ बजेदेखि १२ बजेसम्म तथा, बिजयनगर ठूलो, विजयनगर सानो, बोहोरागाउँ र बसपार्क क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने भएको छ ।

हरेक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र साँझ ६ बजेदेखि ८ बजेसम्म पावरहाउस बन्द रहने जनाएको छ । विद्युत्को उच्च माग भएको समयमा विद्युत् आपूर्ति कम भए ग्राहकको लाइन समेत काटिने केन्द्रले जनाएको छ ।

जुम्लामा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडको विद्युत् सबै ठाउँमा पुग्न सकेको छैन । धेरैजसो ठाउँमा स्थानीयबासिन्दाको लगानीमा निर्माण गरेको साना जलविद्युत् आयोजनाको विद्युत उपभोग हुँदै आएको छ ।

प्रतिक्रिया