पाकिस्तानमा सरकार विरोधी प्रदर्शनमा मोदीको पोस्टर किन ?

काठमाडौं । पाकिस्तानमा सिन्धियाहरूकाे विराेध बढिरहेकाे छ । धेरै वर्षदेखि छुट्टै देशको माग गरिरहेका सिन्धियाहरूले  पाकिस्तानका छिमेकी देशसँग सहयाेगका लागि समेत अनुराेध गर्न थालेका छन् ।

आधुनिक सिन्धी राष्ट्रवादका संस्थापक जीएम सैयदको ११७ ​ औं जयन्तिमा आयोजित विशाल स्वतन्त्रता समर्थक र्यालीमा प्रदर्शनकारीहरूले सिन्धको स्वतन्त्रताको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विश्व नेताहरुको पोस्टर बाेकेर सडकमा निस्किए । साथै, पाकिस्तानले सिन्ध प्रान्तको जामसोरो जिल्लामा सैयदको गृहनगरमा आइतबार आयोजित विशाल जनसभामा जनताले स्वतन्त्रता समर्थक नारा पनि लगाए ।

उक्त र्यालीमा केही मानिसहरूले सिन्धु सभ्यता र वैदिक धर्मको घर, जुन ब्रिटिश साम्राज्यले गैरकानुनी रूपमा कब्जा गरेको  र उनीहरूले पाकिस्तानको इस्लामिक हातमा दिइएकाे दाबी समेत गरेका थिए ।

जेई सिन्ध मुत्तहिदा महाजका अध्यक्ष शफी मुहम्मद बुर्फातले भने, ‘सिन्धले सबै बर्बर आक्रमणहरूको बीचमा सबै युगमा एउटा छुट्टै, बहुलवादी, सहिष्णु र एकनिष्ठ समाजको रूपमा आफ्नो छुट्टै ऐतिहासिक र सांस्कृतिक पहिचान बनाएको छ, जहाँ सबै फरक छन् । त्यहाँ विभिन्न संस्कृतिहरू छन् । विदेशी र स्वदेशी जनताको भाषाहरू र विचारहरूले एक अर्कालाई प्रभाव पार्न सकेका छैनन्, तर मानव सभ्यताको साझा सन्देशलाई स्वीकार र ग्रहण गरेका छन् ।’

सिन्धले भारतको नाम राखेकाे, उद्योग, दर्शन, गणित र खगोल विज्ञानको क्षेत्रमा अग्रगामी सिन्धका नागरिक आज पाकिस्तान संघले इस्लाम-ओ-फासिस्ट आतंकवादमा जकडिएकाे उनले बताए । सिन्धमा धेरै राष्ट्रवादी पार्टीहरू छन्, जसले स्वतन्त्र सिन्ध राष्ट्रकाे समर्थन गर्छन् । उनीहरूले विभिन्न अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा मुद्दा समेत उठाइरहेका छन् ।

प्रतिक्रिया