अनेमसंघकाे केन्द्रिय कमिटी बैठकमा प्रधानमन्त्रीले सम्बाेधन गर्ने

काठमाडाैं । अखिल नेपाल महिला संघ (अनेमसंघ) काे केन्द्रिय कमिटिको बैठकलाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् । बैठकको दोस्रो दिन आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

काठमाडौँको थापागाउँमा रहेको कृष्ण भोग पार्टी प्यालेसमा बैठक अहिले सुरु भइसकेकाे छ । प्रधानमन्त्रीले दिउँसो १:३० बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधन गर्दै उनले संगठनलाई निर्देशन पनि  दिनेछन् ।

बैठकमा ७७ जिल्लाबाट ४०० भन्दा बढी सहभागी भएका छन् ।

 

प्रतिक्रिया