ओलीलाई योगेशको जवाफ-केटाकेटीकै रगत र पसिनाले तपाईंले कुर्सी पाएको हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘केटो’ भनेर व्यंग्य गरेपछि नेकपाको प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले जवाफ फर्काएका छन् । पूर्वपर्यटन मन्त्रीसमेत रहेको नेता भट्टराईले केटाकेटीकै रगत र पसिनाले ओलीले कुर्सी पाएको प्रतिक्रिया दिएका हुन् ।

उनले केटो भनिपाउदा आफूलाई दुःख नलागेको भन्दै प्रधानमन्त्री ओलीको स्तर थाहा पाउँदा खुशी लागेको बताए । ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो ।’ भट्टराईले भने- ‘केटो भनिपाउँदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।’

के भनेका थिए ओलीले ?
शनिबार प्रदेश १ का नेता तथा कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योगेशको नाम नलिई आफूले दौडादौड गरेर मन्त्री बनाउँछु भनेर उनका लागि भोट मागेको बताएका थिए ।

‘यो प्रदेशका बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो’, ओलीले योगेश भट्टराई प्रचण्ड-नेपाल समूहमा गएकोप्रति गुनासो गर्दै भनेका थिए- ‘एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।’

प्रतिक्रिया