कोरोना खोप ‘कोभिसिल्ड’ प्रयोग गर्न नेपाललाई अनुमति
आपत्कालीन अवस्थामा प्रयोगको अनुमति : विभाग
काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरसबाट हुने कोभिड उन्नाइसविरुद्धको खोप ‘कोभिसिल्ड’ आपत्कालीन अवस्थामा प्रयोग गर्न नेपाललाई अनुमित दिएको छ ।
भारतको सेरम इनिस्च्युट अफ इण्डियाद्वारा उत्पादित उक्त खोपलाई आपत्कालीन प्रयोगका लागि सशर्त अनुमति दिइएको विभागले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
विभागले दुई दिनअघि मात्रै आपत्कालीन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो । भारतले पनि यो खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने बाटो खुला गरिसकेको छ ।
