नेपालका प्रिन्स विश्व बरियताकाे शीर्ष तीनमा

काठमाडाै‌‌ । ब्याडमिन्टनका उदीयमान नेपाली खेलाडी प्रिन्स दाहालले अर्को सफलता हात पारेका छन् । विश्व ब्याडमिन्टनको जुनियर बरीयताको शीर्ष तीनमा पर्दै प्रिन्सले विश्व ब्याडमिन्टनमा आफुलाई थप अघि बढाएका हुन् ।

विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ)ले शुक्रबार निकालेको नयाँ वरीयतामा प्रिन्स ८ स्थान उक्लँदै शीर्ष ३ मा पर्न सफल भएका हुन् । यो प्रिन्सको यो हालसम्मकै उत्कृष्ट वरीयता त हो नै संगै, नेपाली ब्याडमिन्टन खेलाडीको पनि अहिलेसम्मको उत्कृष्ट सफलता पनि हो । यसअघि बरीयताको सातौँ स्थानमा पुग्न सफल प्रिन्स अहिले ११ औँ स्थानमा थिए ।

महांघका अनुसार प्रिन्सले जम्मा १० हजार ४०० अंक पाएका छन् । वरीयताको नम्बर १ मा रहेका डेनमार्कका म्याड्स जुवेल मोलरको अंक १३ हजार ५५० छ । यस्तै, दोश्रो नम्बरमा रहेका भारतका वरुण कपुरको १३ हजार १५० अंक छ ।

प्रतिक्रिया