चन्द्रागिरीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

काठमाडौं । चन्द्रागिरि नगरपालिका ५ मा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

त्यहाँस्थित दाउरा डिपो नजिकै थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालकको ज्यान गएको महानगरीय प्रहरी वृत्त, थानकोटका डिएसपी मोहन खाँणले जानकारी दिए ।

दुर्घटनामा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटाको मृत्यु भएको हो । ठक्करपछि उपचारको क्रममा ओम समाज अस्पतालमा मृत्यु भएको डिएसपी खाँणले बताए । ‘बिहान ठक्कर दिएको हो । हामीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइसकेका छौँ’, डिएसपी खाँणले मकालु खबरसँग भने, ‘घटनाबारे थप निर्णय गर्नेछौँ ।’

दुर्घटनामा मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शंकर र २३ वर्षीय सुदिप बस्नेत समेत गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया