‘भूकम्पपछि‌को पुनर्निर्माण ढिला भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पपश्‍चात्‌को पुनर्निर्माण गर्न ढिला भएको बताएका छन् । राष्ट्रिय भूकम्प सुरक्षा दिवस, माघ २ को सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री सो कुरा बताएका हुन् ।

तर पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ । पुनर्निर्माण सबल ढङ्गले फेरि नढल्नेगरी सम्पन्न गर्न सरकार निकै हदसम्म सफल भएको प्रधानमन्त्रीले बताए । ‘पुनर्निर्माणका सन्दर्भमा यो महत्त्वपूर्ण र सन्तोष लाग्दो विषय हो । यसबाहेक देशैभर नयाँ बन्ने घरहरूको सुरक्षित निर्माणका लागि नगरपालिका तथा गाउँपालिका, विभिन्न सरकारी निकाय, सामाजिक, गैरसरकारी, द्विपक्षीय साझेदार संस्थामार्फत भवन निर्माण संहिताको कार्यान्वयनमा जोड दिइएको छ । हाम्रो अनुभव अन्य देशहरूलाई पनि अनुकरणीय भएको छ,’ उनले सन्देशमा भनेका छन् ।

भूकम्पले क्षति भएका घरहरूलाई पुनर्निर्माण गर्न हिमाली जिल्लामा प्रति लाभग्राही पाँच लाख रुपैयाँ र पहाडीमा चार लाख रुपैयाँ र तराईका जिल्लामा तीन लाख रुपैयाँ दिने कार्यविधि तयार भएको उनको भनाइ छ ।

सरकारले हरेक वर्षको माघ २ गतेलाई भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । विक्रम सम्वत् १९९० साल माघ २ गतेको महाभूकम्पमा परी सयौँको ज्यान जानुका साथै अर्बौंको भौतिक क्षति भएको थियो । त्यसयता यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउने गरिन्छ ।

हेर्नुहोस् सन्देशको पूर्णपाठ :-

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977050432″ /]

प्रतिक्रिया