भद्रकालीमा बस पल्टियो

काठमाडौं । रत्नपार्क-भद्रकाली सडकखण्ड अन्तर्गत भद्रकालीमा बिहानै बस दुर्घटना भएको छ । बा ३ ख ४४३७ नम्बरको चन्द्रगिरी यातायातको सार्वजनिक बस दुर्घटना भएको हो ।

बिहानको समयमा तीव्र गतिका कारण अनियन्त्रित भइ बस पल्टेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी चालकसहिच दुईजना घाइते भएका छन् ।

प्रतिक्रिया