संसद विघटन मुद्दामा सुनुवाइ आज, संवैधानिक इजलासमा थपिइन् प्रधान

काठमाडाैं । प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिटमा सर्वाेच्च अदालतमा आज (बुधबार) सुनुवाइ हुँदैछ । मुद्दा सुनुवाइका लागि ताेकिएकाे संवैधानिक इजलास बुधबार पुनर्गठन गरिएकाे छ, जसमा न्यायाधीश हरिकृष्णकाे ठाउँमा सपना मल्ल प्रधानलाई राखिएकाे छ ।

गएको बुधबारदेखि नै यी रिटमाथि सुनुवाई सुरु हुने भनिएकाे थियाे । तर सुनुवाइका लागि ताेकिएकाे संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको सहभागीतालाई लिएर वकिलले प्रश्न उठाएपछि उनले इजलासमा नबस्ने घाेषणा गरेका थिए । न्यायाधिश कार्की प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा महान्यायाधीवक्ता रहेकाे भन्दै अधिवक्ताहरूले संवैधानिक इजलासमा उनकाे सहभागीतालाई लिएर आपत्ति जनाएका हुन् । 

उनी इजलासमा नरहने भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइका लागि आजकाे मिति ताेकेका थिए । जबराले आज संवैधानिक इजलासमा कार्कीकाे ठाउँमा न्यायाधीश प्रधानलाई राखेका हुन् । इजलासमा अन्य न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई निरन्तरता दिइएकाे छ।

प्रतिनिधिसभा विघटनबारे परेका १३ मध्ये ११ वटा रिटका निवेदकहरुले रिटमाथी सर्बाेच्चकाे पूर्ण इजलासमा सुनुवाइ गर्न माग गर्दै निवेदन दिएपनि प्रधानन्यायाधीश राणाले त्यसकाे सुनुवाइ गरेका छैनन् । सर्बाेच्चका न्यायाधीसहरुले पनि याे विषयमा पूर्ण इजलासमै सुनुवाइ गर्नु ठीक हुने सल्लाह प्रधानन्यायाधीस राणाालाई दिएका थिए ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीकाे कदम असंवैधानिक भएकाे भन्दै सर्वाेच्चमा १३ वटा रिट निवेदन दायर भएका छन् ।

प्रतिक्रिया