लन्डनमा एक नेपालीको हत्या

काठमाडाैं । लन्डनमा एक नेपाली युककाे हत्या भएकाे छ । काठमाडौं स्थायी घर भएका ३५ वर्षीय विक्रम केसीको आइतबार राति करिब साढे १० बजे लन्डनको इस्टकोट रेल स्टेसन अगाडि हत्या भएको हो ।

उनी त्यहाँकाे ‘सोसल ढाबा’ रेस्टुरेन्टमा कार्यरत थिए । कामबाट फर्कँदै गर्दा उनकाे बाटाेमा एक युवकसँग झगडा भएकाे थियाे । झगडाका क्रममा कुटपिट भएपछि उनकाे घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले कुटपिट गरि केसीकाे हत्या गर्ने युवकलाई नियन्त्रणमा लिइसकेकाे छ । नियन्त्रणमा लिइएका युवककाे पहिचान खुलिसकेकाे छैन । झगडाकाे कारणबारे पनि प्रहरीले अनुसन्धान गरिरहेकाे त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।

मृतक केसी कुवेत हुँदै सन् २००७ मा लन्डन पुगेका थिए । उनकाे साथमा त्यहाँ श्रीमती तथा भाइ बुहारी समेत थिए ।

प्रतिक्रिया