सञ्चार जगत पूर्वाग्रही भयाे : सञ्चारमन्त्री गुरूङ

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधि सँगको भेटमा मन्त्रि गुरुङले अहिले भइरहेकाे पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । मन्त्री गुरुङले समाचारको माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व व्यवस्थापन गर्न सकिने भएपनि अहिले ठिक उल्टो पत्रकारिता भइरहेकाे बताए ।

अहिले पत्रकार देख्ने बित्तिकै डराउनुपर्ने अवस्था रहेको टिप्पणी गरे । सरकारले राम्रो काम गरेपनि विरोध नै गर्नुपर्ने भन्दै पत्रकारिता पेशाको सम्मानको लागि पत्रकार सच्चिनुपर्ने आवश्यकता रहेकाे उनी बताउँछन् ।

राम्रो कामको प्रतिपक्ष दलले पनि प्रसंसा गर्ने गरेको भए पनि सञ्चार जगत किन पूर्वाग्रही भएको भन्दै उनले आश्चर्य व्यक्त गरे ।

प्रतिक्रिया