ओली समूहलाई प्रचण्डको चेतावनी : नेकपा र सूर्य चिन्ह खाेसे आँधीहुरी आउँछ

काठमाडौं । सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहले नेकपा र सूर्य चिन्ह खाेसे आँधीहुरी आउने चेतावनी दिएका छन् ।

मंगलबार गण्डकी प्रदेश कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा अध्यक्ष दाहालले यस्ताे चेतावनी दिएका हुन् । ‘नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र सूर्य चिन्ह हाम्रै हुन्छ । यदि कसैले खाेस्याे भने आँधीहुरी बतास आउँछ । तर मलाई विश्वास छ, सर्वाेच्च अदालतले पनि हाम्रै पक्षमा फैसला गर्नेछ’, अध्यक्ष दाहालले भने ।

यस्तै प्रचण्डले आफूहरुसँग बहुमत भएकाे पनि दाबी गरेका छन् । ७० प्रतिशत मत आफ्नाे पक्षमा रहेकाे उनी बताउँछन् ।ओलीले अल्पमतका कारण केन्द्रीय समिति विस्तार गरेको उनकाे टिप्पणी छ ।

अध्यक्ष प्रचण्डले नेकपाभित्रको विवादका बारेमा पनि थप स्पष्ट पारेका छन् । पार्टीभित्रकाे विवाद र बहस पदको लुछाचुडीका लागि नभएर विचार र सिद्धान्तका लागि भएको अध्यक्ष दाहालकाे भनाइ छ ।

प्रतिक्रिया