दमकको भुटानी शरणार्थी क्याम्पमा आगलागी हुँदा एक जनाको मृत्यु

झापा । जिल्लाकाे दमक, बेल्डाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

दमक नगरपालिका- ३ स्थित भुटानी शरणार्थी सिविरकाे सेक्टर नम्बर डि ४ हट नम्बर ३२५ मा साेमबार राति करिब ७ बजेतिर आगलागी हुँदा घरभित्र सुतिरहेका प्यारालाइसिसका बिरामी ६० वर्षीय देशमान राईको मृत्यु भएको हाे ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाबाट गएको दमकलको सहयोगमा अहिले आगलागी नियन्त्रणमा आइसकेकाे  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रतिक्रिया