यसरी मनाइयो २९९औं पृथ्वी जयन्ती [तस्वीरहरु]
२०७७ पुस २७ गते
![यसरी मनाइयो २९९औं पृथ्वी जयन्ती [तस्वीरहरु]](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/PrithviJayanti_MakaluKhabar-54.jpg)
|२९९औं पृथ्वी जयन्ती काठमाडौं। तस्वीरः विकास अर्याल, मकालु खबर|
काठमाडौं । सोमबार २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । देशभर विभिन्न कार्यक्रमहरु गरी दिवस मनाइएको हो ।
विसं १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।
शाहको योगदानको कदर गर्दै आज देशका विभिन्न शहरमा रहेको उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको छ ।
|२९९औं पृथ्वी जयन्ती काठमाडौं। तस्वीरः विकास अर्याल, मकालु खबर|
२०७७ पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित








