आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । यससँगै अब कोइराला आईएमई लाइफ जीबन बीमाको ब्राण्ड दुतको भूमिकामा रहने छिन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर समेत गरेकी छिन् ।

नायिका कोइरालाले आईएमई लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछिन् । हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै नायिका कोइरालाले मानव जगतमा जीवन बीमाको निक्कै ठूलो महत्त्व रहेको औंल्याउँदै नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पुँजीलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पुर्याउने अवधारण बोकेको आईएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुशी लागेकाे बताइन् । साथै, कम्पनीको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

कोइरालासँगको सहकार्य घोषणा गर्दै आई.एम.ई. लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित रहेकाे बताए । मनिषासँगकाे सहकार्यले देशभरका जनताहरुमा जीवन बीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पुर्याउने कम्पनीकाे विश्वास छ ।

कम्पनीले यो सम्झौता २०७७ पौष २४ गतेबाट लागु हुनेगरी हस्ताक्षर गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाँलले जानकारी दिए । उनका अनुसार डिजिटल प्रविधि मार्फत सेवा उपलब्ध गर्ने क्रममा आजकै मितिबाट “IME साथ bot” नामबाट विश्वका कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सकिने गरि निर्माण गरिएको Chatbot प्रणाली औपचारिक रुपमा सञ्चालनमा ल्याइएकाे छ ।

प्रतिक्रिया