मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कस्तो छ आजको मौसम ?

काठमाडौं । सोमबार (आज) पूर्व, मध्य तथा पश्चिमका केही भागमा आंशिक बदली भइ देशका अरु क्षेत्रको मौसम सामान्य रुपमा सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविद्हरुले बताएका छन् । हाल प्रदेश नं. १ र प्रदेश नं. २ का केही क्षेत्रमा आंशिक बदली भएको छ । दिउँसो प्रदेश नं. १, प्रदेश नं. २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

यसैबीच देशको विभिन्न भू–भागमा बिहानको न्यूनतम तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू–भागमा बिहानको समयमा हुस्सु–कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्हले बताएका छन् ।

प्रतिकृयाहरु
Loading...