स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सप्तकोशी डेभलपमेण्ट बैंकबीच कार्ड तथा भुक्तानी सेवामा सहकार्य गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र “ख”वर्गको इजाजतपत्र प्राप्त सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशनअनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई बैंकिङ्ग सेवा पु¥याउँदै आएको मूलुकको बैकिङ्ग क्षेत्रमा सुपरिचित सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इको सिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिईएको छ । धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जालमार्फत सर्वसाधारणलाई विविध बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसंगको सहकार्यबाट सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पीओएस, ई कमर्स जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।

आज स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको मुख्यकार्यालय, बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन सुबेदीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया