चिसाे माैसममा छालाकाे सौन्दर्यका लागि उपयाेगी नरिवलकाे तेल

एजेन्सी । नरिवलकाे तेल स्वास्थ्यसँगै साैन्दर्यका लागि पनि फाइदाजनक छ । यसमा भएकाे हाई फ्याटी एसिड र एन्टिब्याक्टेरियल गुणका कारण छाला र कपाललाई प्राकृतिक रुपमा नरम बनाउन यसले सहयोग गर्छ ।

नरिवलको तेल खरिद गर्दा तपाईंले सिसाको लेभललाई पक्कै पढ्नुपर्छ । साथै यसमा भर्जिन कोकोनट ओयलको मात्रा कति छ, यसमा कुनै प्रकारको सुगन्ध वा कति केमिकल मिसाइएको छ वा छैन त्यसबारे पनि जानकारी लिनुपर्छ । विना जानकारी लिँदा त्यसले हानी पनि निम्त्याउन सक्छ ।

नरिवलको तेल काँचो नरिवलबाट बनाइएको हुन्छ । यसमा ४८–४९ प्रतिशत लरिक एसिड, १७.९ प्रतिशत मिरिस्टिक एसिड, ७.९ प्रतिशत क्यापिटिक एसिड, ८.०–८.१ प्रतिशत पामिटिक एसिड, ५.९–६.० प्रतिशत ओलिक एसिड ९१.९–२.०० प्रतिशत लिनोलिक एसिड र ९१.९–२.१० प्रतिशत स्टियरिक एसिड हुन्छ । जुन छालादेखि कपालसम्मका लागि निकै राम्रो मानिन्छ ।

साेन्दर्य बढाउन नरिवलकाे तेल 

अनुहारका लागि मेकअप प्राइमरको रुपमा : नरिवलको तेल अनुहारमा प्रयोगका लागि पनि फाइदाजनक हुनछ । यसमा अनुहारलाई हाइड्रेट गर्ने सबै गुण हुन्छ । त्यसकारण पनि यो तेललाई अनुहारमा लगाउँदा छाला दिनभरी चम्किलो र नरम रहन्छ । नरिवलको तेल तपाईंले मेकअपका लागि पनि प्रयोग गर्न सक्नुहुन्छ । तपाईं मेकअप गर्नुअघि प्राइमर झैं नरिवलको तेलको प्रयोग गर्नुहोस् । यसले तपाईंको मेकअपलाई इभन देखाउनेछ साथै छालामा ग्लो पनि ल्याउनेछ ।

मेकअप रिमुभरको रुपमा : मेकअप हटाउनका लागि हामी महँगा प्रोडक्ट खरिद गर्छौं । यो प्रोडक्टले हाम्रो छालालाई पनि हानी पुर्याउँछ । यसले विभिन्न समस्या निम्त्याउँछ । तपाईं मेकअप हटाउनका लागि नरिवलको तेलको प्रयोग गर्नुहोस् । मनतातो नरिवलको तेलको मसाज गरेर अनुहारलाई ताजगी दिनुहोस् र मेकअप प्रोडक्टको साइडइफेक्टबाट पनि बच्नुहोस् ।

ओठ नरम बनाउनका लागि : चिसो मौसम होस् वा गर्मी । हामीले ओठको अतिरिक्त केयर गर्नुपर्छ । यसका लागि तपाईं नरिवलको तेलले बनेको लिप बाम प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया