उपत्यकामा आज हुने कार्यक्रमहरू : बयलगाडा प्रदर्शनदेखि संविधान वाचनसम्म

काठमाडाैं । उपत्यकामा आज (आइतबार) बिहानदेखि दिउँसाेसम्म विराेध प्रदर्शनदेखि नेताका सम्बाेधन तथा भेलाका कार्यक्रमहरू हुँदैछन् ।

प्रतिनिधि सभा विघटनविरूद्ध प्रचण्ड-माधव निकट अखिल नेपाल राष्ट्रिय स्वतत्र विद्यार्थी यूनियन केन्द्रीय समितिले बयलगाडा प्रदर्शन गर्दैछ । उक्त विराेध कार्यक्रम काठमाडाैंमा २ बजे, ललितपुरमा ३ बजे र भक्तपुरमा ४ बजे हुने जानकारी दिइएकाे छ ।

यस्तै कृपाश्वर स्मृति प्रतिष्ठान काठमाडौंले कृपाश्वर (कृष्ण प्रसाद दाहाल) को १२ औं स्मृति सभा कार्यक्रम गर्दैछ । नेकपा पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा ८ बजेका लागि कार्यक्रम ताेकिएकाे छ ।

यसैगरी नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालाबाट नेपाली काङ्ग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्यायको बारेमा तयार भएको पुस्तक विमोचन कार्यक्रम हुने कार्यक्रम छ । देउवा निवास बुढानिलकण्ठमा बिहान ९:३० मा कार्यक्रम हुँदैछ ।

अन्य कार्यक्रमहरू :

– विवेकशील पार्टीले प्रम ओलीको गैरसंबैधानिक कदम बिरुद्ध सडकमा प्रदर्शन गर्ने ।
स्थान- माइतिघर मण्डला ।
समय- १०:३० बजे ।

– प्रचण्ड-माधव निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उत्तर भेगीय समन्वय कमिटी धादिङ्गले नेकपाका स्थायी कमटी सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा चियापान तथा वर्तमान राजनीतिक अवस्था बारे प्रशिक्षण कार्यक्रम गर्ने ।
स्थान- मेगा पार्टी प्यालेस बसुन्धारा ।
समय-११:३० बजे ।

– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने ।
स्थान : संघीय संसद भवन, नयाँ बानेश्वर ।
समय – १३ : ०० बजे ।

– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चाँगुनारायण नगर कमिटीले नगर स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम गर्ने ।
स्थान : स्टार बैंक्वेट कमलविनायक, भक्तपुर ।
समय : १३ : ०० बजे ।

– प्रचण्ड-माधव निकट नेकपा काठमाडौं महानगर कमिटीले महानगरस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम गर्ने ।
स्थान : नेपा ब्याङ्क्वेट खुसीबुँ ।
समय : १३ : ०० बजे ।

– प्रतिगमन विरुद्ध लेखक कलाकारहरूले विरोध प्रदर्शन गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १३ : ०० बजे ।

– प्रचण्ड- माधव निकट नेकपा महालक्ष्मी नगर कमिटीले प्रतिनिधि सभाको विघटनको विरुद्ध दोस्रो चरणको संघर्षको कार्यक्रम अनुसार सडकमा संविधान वाचन- व्याख्या कार्यक्रम गर्ने ।
स्थान : लगनखेल, ललितपुर ।
समय : १५ : ०० बजे ।

– माओवादी जनमुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक बस्ने ।

– गंगा माया अधिकारीले छोरा कृष्ण प्रशाद अधिकारीको हत्यारलाई कारवाहीको माग राखि पानी समेत नखाई सत्याग्रह बसेको ।
स्थान : ट्रमा सेन्टर ।
समय : मिति २०७७/०९/०६ गते बिहान देखि जारी ।

– आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।

– रिपोर्टर्स क्लव नेपालमा हुने कार्यक्रमहरु :
सांस्कृतिक उत्थान केन्द्रले नेपालमा बोक्सी प्रथा विरूद्भ देशव्यापी रुपमा गर्न लागेको अभियानबारे अन्तरक्रिया कार्यक्रम गर्ने समय – १२ : १५ बजे
काठमाडाैं उपत्यकाको फोहोरको दीर्घकालिन व्यवस्थापन, बञ्चरेडाँडा ल्याण्डफिल साइटको निर्माण, स्थानियहरुको सरोकारको विषयमा बृहत अन्तरक्रिया कार्यक्रम बक्ताहरु – डा. रामशरण महत ,पूर्व अर्थमन्त्री – रामबिर मानन्धर , शहरी विकास राज्यमन्त्री – विद्या सुन्दर शाक्य, मेयर काठमाण्डौं महानगरपालिका – विश्वास ढुङ्गाना , अध्यक्ष सिसडोड बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समिति समय – १२ : ४५ बजे
प्रतिक्रिया