प्रचण्ड–नेपाल पक्ष पदलोलुप, स्वार्थी र अन्त कतैको रोबोटबाट चलेका तत्व : प्रम

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कमदको फेरि बचाउ गरेका छन् ।

शनिबार काठमाडौमा कार्यकर्ता भेलालाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले बहुमत आफुसँग रहेको प्रधानमन्त्रीले ताजा जनादेशमा जान्छु भनेपछि संसदबाट अर्को प्रधानमन्त्री बन्ने विकल्प बाँकी नरहने जिकिर गरेका हुन् ।

‘६४ प्रतिशत बहुमत मेरो पक्षमा थियो । मैले या संसदले जनताका पक्षमा काम गर्न नसकेकाले नयाँ जनादेशमा जाने निष्कर्ष गरेँ’, प्रधानमन्त्री ओलीले भने ‘यस्तो अवस्थामा ३६ प्रतिशत सांसदले कसरि बहुमत कायम गर्न सक्छन् ?’

प्रतिनिधिसभा सुकेको रुख जस्तै भएको भन्दै ओलीले थपे–‘सुकेको रुखले फल दिन्छ भन्ठान्नु गलत हो । सुकेको रुखमा फल टाँसेर हुँदैन ।’

ओलीले थपे,‘२७४ जना सांसदमध्ये १७४ जना मसंग छन् अनि कसरि पुग्छ ? कहाँ छ बिकल्प ? विकल्प छैन । जबरजस्ती नै गर्ने हो भने त के गर्ने र ? तर जबरजस्ती चल्दैन ।’

नेपालको संविधानको धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरि नयाँ चुनाबका लागि जान सक्ने उल्लेख रहेको तर प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैन भन्नु गलत भएको प्रधानमन्त्री अ‍ोलीको दाबी छ ।
प्रचण्ड– नेपाल पक्षप्रति आक्रामक रहेका ओलीले चुनाब चिन्ह आफ्नो हो भन्ने कुनै अधिकार यो समुहसँग नभएको जिकिर पनि गरे ।

आफुले प्रचण्डलाई दोश्रो बरियताको अध्यक्ष दिएको तर आफैंलाई कारबाही गर्ने अधिकार भने कसैलाई नभएको ओलीको भनाइ छ । आफुलाई अर्को महाधिवेशनबाट मात्र हटाउन सकिने उनको भनाई छ । प्रचण्डप्रति लक्षित गर्दै उनले भने ‘जिन्दगीमा एउटा पनि चुनाब सुर्य चिन्ह लिएर नलडेको मान्छेलाई सुर्य चिन्ह मेरो हो भन्ने लाज हुनुपर्ने हो ।’

प्रचण्ड– नेपाल पक्ष ‘पदलोलुप स्वार्थी र अन्त कतैको रोबोटबाट चलेका तत्व’ रहेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा देशैभरि लहर सिर्जना भएको र त्यो देखेर अरु पुर्पुरोमा हात राखेर बसिरहेको टिप्पणी गरे ।

प्रचण्ड – नेपाल पक्षलाई लक्षित गर्दै ओलीले थपे, ‘ उनीहरु जनताबाट स्वीकार्य तत्व होइनन् । कहिले हतियार, कहिले तिकडम, कहिले बेइमानी त कहिले झुटको बलमा टिकेका हुन् । जनताको अभिमतबाट यिनको बास्तविक हैसिुयत देखाउनुपर्छ अब आीले भविष्य देखाइदिनुपर्छ ।’

माधव नेपाल मदन भण्डारीको निधन भएकाले एमालेको महासचिव हुन पाएको टिप्पणी गर्दै ओलीले नेपालले दुई ठाउँमा चुनाब हारेर प्रधानमन्त्री भएको, अर्कोले छोडिदिंदा मात्र पार्टी अध्यक्ष भएको दाबी गरे ।

त्यस्तै प्रचण्डलाई ‘निलबर्णे स्याल’ संग तुलना गर्दै ओलीले सुध्रन र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा राजनीतिक बैधानिकताका लागि आफुले मौका दिएपनि प्रचण्डले त्यसविपरित गएको आरोप लगाए । जनयुद्धका नाममा सहकार्य गरेकाहरु अब प्रचण्डसँग कोही पनि बाँकी नरहेको प्रधानमन्त्री ओलीले जिकिर पनि गरे ।

प्रतिक्रिया