देशलाई संवैधानिक संकटमा पर्न दिँदैनाैँ : गगनकुमार थापा

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर अनाधिकृत काम गरेको बताएका छन् । प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध शुक्रबार भक्तपुरमा आयोजित विरोध सभामा बोल्दै नेता थापाले यस्ताे बताएका हुन् ।

नेपालको संविधानमा ५ वर्षअघि संसद विघटन गर्ने कुराको कल्पना समेत गरेका थिएनाैँ । संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहिँकतै लेखिएकै छैन । उनले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनाधिकृत पनि हाे’, उनले भने ।

यस्तै उनले संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै नेता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाइने समेत बताए । कांग्रेसले असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै विरोधमा उत्रिएको नेता थापाको भनाइ छ ।

सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उनी बताउँछन् । नेता थापाले अदालतले संसद पुर्नस्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गरे । असंवैधानिक कदमका विरुद्ध कांग्रेस दह्रोगरी उभिने र देशलाई संवैधानिक संकटमा पर्न नदिने उनकाे भनाइ छ ।

प्रतिक्रिया