माघदेखि अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

काठमाडौं । आगामी माघ १ गतेदेखि अर्को बैंकको एटीएम मेशिनबाट पैसा निकाल्दा सेवा शुल्क लाग्ने भएको छ ।

माघ १ गतेदेखि अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले बिहीबार जनाएको छ ।

राष्ट्र बैंकले महिनामा दुई पटक भने जुनसुकै बैंकको एटीएम मेशिन प्रयोग गरे पनि शुल्क नलिन र दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरिएको जनाएको छ ।

कोरोना महामारीका कारण गएकाे चैतदेखि बैंकहरुले कुनैपनि बैंकको एटीएम मेशिनबाट पैसा झिक्दा शुल्क नलाग्ने ब्यवस्था गरेका थिए । राष्ट्र बैंकले यसअघि पनि मासिक दुई वटा कारोबार निशुल्क गर्ने ब्यवस्था मिलाउन निर्देशन दिएपनि बैंकहरुले अटेरी गर्दै आएका थिए ।

त्यस्तै, राष्ट्र बैंकले मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता डिजिटल बैंकिङ सेवा वापतको शुल्क ग्राहकलाई जानकारी गराएर मात्रै लिन पाउने व्यवस्था पनि गरिएको जनाएको छ ।

[wp-embedder-pack width=”100%” height=”800px” download=”all” download-text=”” attachment_id=”99977049192″ /]

प्रतिक्रिया