भाेलि धनगढी जाँदै प्रधानमन्त्री : प्रहरी ‘हाई अलर्ट’ मा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली भाेलि (शुक्रबार) सुदूरपश्चिमकाे धनगढी जाँदैछन् । सत्तारूढ नेकपा प्रदेश कमिटीकाे आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लागेका हुन् ।

भ्रमणलाई मध्यनजर गर्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जनाएकाे छ । कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार प्रधानमन्त्रीकाे भ्रमणका क्रममा करिब ८ सय प्रहरी परिचालन गरिने छ । ‘सबै सुरक्षा निकायबीच समन्यव गरि सुरक्षा व्यवस्था कडा पारिएकाे छ । नेपाल प्रहरीका साथै सेना र सशस्त्र प्रहरी पनि सुरक्षामा खटिने छन्’, उनले मकालु खबरसँग भने ।

कार्यक्रम सुरू हुनु २४ घण्टा अघिदेखि नै सुरक्षा टाेली सक्रिय भएर सुरक्षा व्यवस्थामा खटिएकाे उनले बताए ।

प्रधानमन्त्रीकाे भ्रमण हुने भएपछि कालाे मास्क, कालाे ब्यानर लगायत प्रतिबन्ध लगाइएकाे कुरा बाहिरिए पनि एसएसपी सिंहले भने यसबारे आफूलाई जानकारी नभएको बताए । बिहान करिब ९ बजेतिर प्रधानमन्त्री धनगढी पुग्ने र अपरान्ह चार बजे फर्कने कार्यक्रम रहेको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय कैलालीले पनि प्रधानमन्त्रीकाे भ्रमणमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएकाे जानकारी दिएकाे छ । कुनै समूहले नियतवस् काला वस्तुहरू प्रदर्शन गरी कार्यक्रममा अवराेध सिर्जना गरेमा प्रहरीले हस्तक्षेप गर्न सक्ने सहायक प्रजिअ हिरालाल चाैधरीले बताए ।

प्रधानमन्त्री ओली संसद विघटनपछि पहिलाे पटक कैलाली जान लागेका हुन् । पुस ५ गते संसद विघटन गरेपछि उनलाई भेलामा सहभागी हुन भ्याइ-नभ्याइ छ ।

प्रतिक्रिया