‘संसद् विघटनबारे अहिल्यै मैले बोल्न मिल्दै मिल्दैन’

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा नेता सुवाचन्द नेम्वाङ्गले प्रतिनिधि सभा विघटनबारे अहिल्यै कुनै टिप्पणी नगर्ने बताएका छन् ।

मकालु खबरको जिज्ञासामा नेम्वाङ्गले अदालतमा विचाराधीन विषयमा आफूलाई मात्रै नभएर कसैलाई पनि टिकाटिप्पणी गर्ने अधिकार नभएको बताउँदै अहिल्यै प्रतिनिधि सभा विघटनको बारेमा आफू नबोल्ने बताएका हुन् । ‘यसको बारेमा सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट मात्रै म बोल्छु’, नेम्वाङ्गले भने, ‘अहिले यो विचाराधीन छ ।’

नेम्वाङ्गले सर्वोच्चको फैसलालाई सबैले मान्नुपर्ने समेत बताए । उनले भनेका छन्, ‘सर्वोच्चले जे फैसला गर्छ, हामी सबैले त्यसलाई सहर्ष स्वीकार्नुपर्छ ।’

सर्वोच्चले सही निर्णय लिनेबारे आफू विश्वस्त रहेको बताएका नेम्वाङ्गले थप भनेका छन्, ‘मेरो टिप्पणी यत्ति हो । मलाई सर्वोच्चमाथि मलाई विश्वास छ । जसलाई सबैले स्वीकार गर्नुपर्छ ।’

यसअघि नेम्वाङ्गले ‘प्रधानमन्त्रीसँग संसद् विघटन गर्ने विशेषाधिकार छैन’ भन्ने अभिव्यक्ति दिएको पत्रकार सम्मेलनको भिडिओ सार्वजनिक भएको छ । त्यसपछि संविधानसभाका अध्यक्षसमेत रहेका ओलीका विश्वास पात्र नेम्वाङ्ग नबोलेको भन्दै आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया