नेम्वाङ्गले भनेका थिए– ‘प्रधानमन्त्रीले संविधान विघटन गर्ने व्यवस्थै राखेका छैनौँ’ [भिडिओसहित]

काठमाडौं । तत्कालिन संविधानसभाका अध्यक्ष सुवासचन्द नेम्वाङ्गले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे केही बोलेका छैनन् । केही समयअघि सञ्चारकर्मीले कहर गरेपछि उनले अदालतमा विचाराधिन विषयमा आफूले टिप्पणी गर्न नमिल्ने जवाफ दिएका थिए ।

तर, उनै नेम्वाङ्गले संविधान निर्माणका क्रममा यो संविधान जारी भएपछि अब प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताएका थिए ।

विसं २०७६ साल साउन ४ गते पत्रकार सम्मेलनमा नेम्वाङ्गले भनेका थिए, ‘हामीले यसपल्ट प्रधानमन्त्रीले संविधान विघटन गर्ने व्यवस्थै राखेका छैनौँ ।’

प्रतिक्रिया