यति कार्पेटको उत्पादन र बिक्री सुरू

काठमाडाैं । केडिया अर्गनाइजेशनको उत्कृष्ट उत्पादन यति कार्पेट विभिन्न आकर्षक रङ्ग तथा नेपालकै पहिलो र उत्कृष्ट कार्पेट यति कार्पेटले आफ्नो उत्पादन बजारमा ल्याएको छ ।

यति कार्पेटको नेपालमा आफ्नो उत्पादनको ३० वर्षको इतिहास कायम गरेको छ । विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफ्नो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको छ । विश्वको उत्कृष्ट जर्मन प्रविधिबाट उत्पादन गरिने यति कार्पेट अझै धेरै गुणस्तरयुक्त रहेको छ ।

यति फलोरिङ्ग नेपालकै सबैभन्दा ठुलो कार्पेट उत्पादक कम्पनी हो । केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले यति कार्पेट आजदेखि बजारमा उपलब्ध भएको बताए । साथै आजको दिनसम्म प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग र सद्भाव दिई उत्पादनमा हौसला प्रदान गर्ने यति कार्पेटका डिलरहरु, ग्राहकहरुलाई धन्यवाद समेत ज्ञापन गरे ।

प्रतिक्रिया