योगदान राष्ट्रको लागि अभियानको प्रभाव,१५ बर्षीय सिद्धान्तको ज्यान बचाउन सफल

रुपन्देही । योगदान राष्ट्रको लागि अभियानका रुपन्देही जिल्ला अध्यक्ष मेघराज अर्यालले बुधवार एकजना विद्यार्थीको ज्यान बचाउन सफल भएका छन् ।
रुपन्देही जिल्ला स्थित सैनामैना नगरपालिका-३ मुर्गिया, सुनगाभा पब्लिक स्कुलमा अध्ययनरत अन्दाजी उमेर १५ बर्ष सिद्धान्त गौतमको आज बिहान अचेत अवस्थामा सोही स्कुलमा कार्यरत शिक्षक तथा योगदान राष्ट्रको लागि रुपन्देही जिल्ला अध्यक्ष मेघराज अर्यालले PCR प्रविधिबाट सिकेको सीप द्वारा सिद्धान्त गौतमलाई बचाउन सफल भएका हुन् ।

उनका अनुसार, बिरामीको श्वास प्रश्वास बन्द भइसकेको र अर्यालले बिरामीलाई ‌मुख मा सास दिइ ३० चोटि छातिमा दबाई बिरामीलाई होसमा ल्याउन भएको जानकारी दिए ।

अर्यालले गत महिना मात्र योगदान राष्ट्रको लागि अभियानको तालिम काठमाण्डौंमा लिएका थिए । साथै आफुले सिकेको तालिम, सीपले आज विद्यार्थीको जीवन बचाउन सफल भएकोमा अर्यालले खुसी व्यक्त गरे।

प्रतिक्रिया