संसद् विघटनविरुद्धका रिटउपर सुनुवाई जारी

काठमाडौं । संसद् विघटनविरुद्ध परेका रिटउपर सुनुवाई शुरु भएको छ । जसअन्तर्गत संवैधानिक इजलासमा अहिले रिट निवेदन र त्यसको जवाफ पढेर सुनाइँदै छ ।

यसरी सबै रिट निवेदन पढ्ने र त्यसको जवाफसमेत पढ्दा आजका लागि बहसको समय नै उपलब्ध नहुने रिट निवेदन हाल्ने अधिवक्ताहरुको भनाइ छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई भइरहेको हो ।

प्रतिक्रिया