सेञ्चुरी बैंकका थप ७ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप ७ वटा नयाँ शाखाको भर्चुअल उद्घाटन गरेको छ । सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले बैंकले थप नयाँ शाखाको उद्घाटन गरेको हो ।

भर्चुअल कार्यक्रममा बैंकको कोहलपुर शाखाका सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठ, मुस्ताङ्ग लेते शाखा सञ्चालक समितिका सदस्य डा. गीता प्रधान, बालकुमारी शाखाका सञ्चालक समितिका सदस्य राजेशराज दली, काठमाण्डौं कपन शाखाका सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्य, नरेफाट शाखाको बैंकको सञ्चालक समितिका सदस्य महेश कुमार अग्रवालबाट, भक्तपुर जिल्ला, सुकुलढोका शाखा सञ्चालक समितिका सदस्य सुनीलकुमार न्यौपाने र टोखाशाखा सञ्चालक समितिका सदस्य उमा कुमारी श्रेष्ठको उपस्थिति थियो ।

यस आधिकारीक भर्चुअल उद्घाटन पश्चात बैंकको शाखा संजाल १२० पुगेको छ ।

प्रतिक्रिया