श्रीमतीकाे हत्या, श्रीमान् पक्राउ

इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । हत्या अभयाेगमा प्रहरीले नम्रताका पति ३३ बर्षीय सुवास राईलाई पक्राउ गरेकाे छ ।

आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादमा सुवासले घाँटीमा खुकुरी प्रहार गरी नम्रताकाे हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त पति ३३ वर्षीय सुवास राईलाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको र शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया