यी भू-भागमा हिमपात र वर्षाको सम्भावना

काठमाडाैं । अहिले देशमा पश्चिमी वायुको प्रभाव रहेको  । आज (मंगलबार) देशभर सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसाे पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाकाे सम्भावना रहेकाे छ भने उच्च पहाडी र हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावाना छ । 

राति पनि देशभर आंशिक देखि सामान्य बदली रहि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै माैसम विभागले आगामी तीन दिनको मौसम आँकलन गर्दै सतर्कता अपनाउन समेत अनुराेध गरेकाे छ ।

पौष २१ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य बदली रहने छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश नं. १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

पौष २२ गते (बुधबार)

दिउँसो : देशको सुदुर-पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भु-भागमा आंशिक बदली रहि एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष २३ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : प्रदेश न १ र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रहि अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुनुका साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश नं. १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउन विभागकाे अनुराेध गरेकाे छ । यस्तै देशभर बदली भै हल्का बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउ पनि विभागले सुझाएकाे छ ।

प्रतिक्रिया