यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल पौष २१ गते । मंगलबार । ईश्वी सन् २०२१ जनवरी ०५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–सप्तमी,५० घडी ०४ पला,रातको ०२ बजेर ५९ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–उत्तरफाल्गुनी,२७ घडी २४ पला,बेलुकी ०५ बजेर ५५ मिनेट उप्रान्त हस्त । योग–शोभन,५० घडी ०१ पला,रातको ०२ बजेर ५८ मिनेट उप्रान्त अतिगण्ड । करण– भद्रा बेलुकी ०४ बजेर ०० मिनेट उप्रान्त बव,रातको ०२ बजेर ५९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २१ मिनेट । दिनमान २५ घडी ५९ पला । श्री गुरु गोविन्द सिंह जयन्ती ।

आजको बार बेला 

बिहान ०६ बजेर ५७ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ५८ मिनेटदेखी बिहान ८ बजेर १५ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर १६ मिनेटदेखी बिहान ९ बजेर ३३ मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर ३४ मिनेटदेखी बिहान १० बजेर ५१ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ५२ मिनेटदेखी मध्यान्ह १२ बजेर ०९ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर १० मिनेटदेखी दिउसो १ बजेर २७ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर २८ मिनेटदेखी दिउसो २ बजेर ४५ मिनेटसम्म शुभ बेला ।
दिउसो २ बजेर ४६ मिनेटदेखी बेलुकी ४ बजेर ०३ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर ०४ मिनेटदेखी बेलुकी ७ बजेर ०३ मिनेटसम्म काल बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल

दिउसो ०२ बजेर ४५ मिनेटदेखी बेलुकी ०४ बजेर ०३ मिनेटसम्म रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आफन्त,मावली र मित्रवर्गको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । बन्दव्यापार र साझेदारी व्यावसायबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : विद्या भावमा गोचर गर्ने शुभ चन्द्रमाले अध्ययनमा अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । शेयर बजार तथा अन्य क्षेत्रमा गरिएको लगानीबाट आजको दिन सन्तोषजनक नाँफा कमाउन सकिनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने तथा छोरो छोरिको प्रगति देख्न पाईने हुनाले मन प्रशन्न हुनेछ । अध्ययनकै सवालमा छोटो दुरिको यात्रा हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : आफन्त,साथिभाई तथा आमाबाट छुट्टिएर यात्रा गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि गर्दा ख्याल गर्नुहोला अनाबस्यक झन्झट बेहोर्नु पर्नेछ । अरुको भर पर्दा आफ्नो काम थाती रहन सक्छ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यापार व्यावसायमा लगानी गर्न पर्ख र हेरको रणनीति अपनाउनु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागी समय उत्तम रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : पारिवारिक माहोलामा जमघट् भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उत्तम बस्त्र तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । खाद्यान्न,धातु तथा औषधिजन्य सामानको व्यापार फस्टाएर जानेछ । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

भिडियाे:

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : सामाजिक काम समयमा सम्पन्न गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमि हुनेछ । आफन्त तथा साथिभाईहरु रुपैया पैसाको कारोबार आजको दिन नगर्नुहोला । खुट्टा तान्ने तथा फसाउनेहरु देखी सजक रहनुहोला । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा कमी हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइ कमजोर रहनेछ । प्रेममा धोका तथा बिश्वासघात हुनेछ ध्यान दिनुहोला । व्यापार व्यावासायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चनु पर्ने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : व्यापार व्यावसायबाट सामान्य नाँफा भएपनि आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारि पाउने समय रहेकोछ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपि निकास पाउने योग रहेकोछ । अध्यनमा प्रगति हुनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : प्राविधिक काममा सफलता प्राप्त हुने भने नयाँ काम गर्ने अवसर आउनेछ । राजनीति तथा समाजसेवामा काम गरि पद प्राप्तीको योग रहेकोछ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउनेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको सिर्जना गरि आर्थिक रुपमा सवल हुन सकिनेछ । । मिहिनेतले राम्रा काम गर्न सकिनेछ । माया प्रेमम रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : मनमा धार्मिक प्रवृति जागृत हुने तथा छोटो दुरिको धार्मिक यात्रा गर्न सकिनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । समयले साथ दिने हुनाले राम्रो काम गर्न सकिनेछ । प्रतिस्पर्धीहरु बाधक देखिएपनि अन्तत उनिहरुलाई पनि समेटेर काम बनाउन सकिनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : कष्ट भावमा गोचर गर्ने शुभ चन्द्रमाले कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउने तथा राम्रा काम गर्न सकिनेछ । माया प्रेम, मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका शुखसुविधाका सामाग्रीको किनमेल गरिने छ ।

मीन (दी,दू,थ ,झ,ञ,दे,दो,चा,ची) : समय मध्ययम रहेकोले अनावश्यक काममा अलमल हुनेछ । खानपान, मानोरञ्जन तथा बिलाशी बस्तुको सोखले खर्च बढ्ने योग रहेकोछ । आफन्तलाई दिईएको वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । सम्बन्ध अनुकूल बनाइराख्न हम्मे हम्मे पर्नेछ । तरपनि समस्या दर्साउदा आफन्त तथा शुभचिन्तकले साथ दिनेछन । आज गरिने मिहिनेत पछिका लागि लाभ दाएक हुनेछ । खानपानमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

  • तपार्ईँको दिन शुभ रहोस् ।
    ज्यो।डिपी उपाध्याय ।
प्रतिक्रिया