गुरूङ र पाेखरेललाई हटाएर नेपाल–दाहाल पक्षले गण्डकी र लुम्बिनीमा तोक्यो नयाँ इन्चार्ज

काठमाडाैं । सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ इन्जार्ज ताेकेकाे छ ।

नेपाल-दाहाल पक्षकाे आइतबार र सोमबार बसेको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशकाे इन्चार्जमा युवराज ज्ञवाली र गण्डकी प्रदेशकाे इन्चार्जमा देवेन्द्र पाैडेललाई ताेकेकाे हाे । गण्डकीका इन्चार्ज पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीका इन्चार्ज शंकर पाेखरेललाई भने बैठकले हटाउने निर्णय गरेकाे एक नेताले बताए ।

पाेखरेल र गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् । प्रम ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ । दुवै पक्षले एक-अर्काकाे विपक्षका नेता हटाएर आफ्नो पक्षका नेतालाई नियुक्ति दिइरहेका छन् । नियुक्ति र निलम्बनकै क्रममा गण्डकी र लुम्बिनीका इन्जार्ज हटाइएकाे हाे ।

यस्तै नेपाल-दाहाल समूहले संसद विघटनकाे विराेधमाद प्रधानमन्त्री ओलीविरुद्ध देशव्यापी आन्दोलनलाई सशक्त बनाउने निर्णय पनि गरेको छ । यसअघि पनि साे समूहले ओलीविरुद्ध नाराबाजी गर्दै आएको छ ।

प्रतिक्रिया