नागढुंगाबाट डेढ करोड रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौँ ।  प्रहरीले स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार  रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को कारबाट भारत गोरखपुरका अमितकुमार गुप्ता र कपिलवस्तुका कार चालक सङ्गम थारुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनि तीनवटा झोलामा लुकाएर ल्याएको रकमसहित उनीहरुलाई  पक्राउ गरिएको जानकारी दिए ।

‘उक्त रकम भारतबाट भारतीय रुपैँया ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक सटही गरेको अनुसन्धानबाट खुलेको छ’, प्रवक्ता विष्टले भने । बरामद गरिएको रकमसहित थप अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया