अक्षयले पछिल्ला ६ बर्षमा कति कमाए ?

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार हरेक वर्ष सबैभन्दा धेरै फिल्महरू गर्ने अभिनेतामा पर्छन् । अक्षयले पछिल्ला ६ बर्षमा कूल १७४४ करोड कमाइ गरेका छन् । त्यसैले पनि बलिउडका अरु स्टार कलाकारहरु उनको कमाईको बारेमा चियो-चर्चा गरि रहन्छन् ।

अक्षयले कुन वर्ष कति कमाए

अक्षयले सन् २०१५ मा २०८.४२ करोड कमाई गरे भने, सन् २०१६ मा २११.५८ करोड कमाएका थिए । त्यस्तै सन् २०१७ मा उनका तीन फिल्महरु ‘ली एलएलबी २, नाम शबाना र शौचालय एक प्रेम कथा’ रिलीज भएका थिए । यस वर्ष उनले कुल २३१.०६ करोड आर्जन गरेका थिए ।

सन् २०१८ पनि अक्षयको लागि सुखद नै रह्यो । यो वर्ष उनले ‘गोल्ड, प्याडम्यान र सिम्बा’ जस्ता चलचित्र गरेका थिए । अक्षयले सो वर्ष कूल २७७.०६ करोड कमाई गरेका थिए ।

त्यसैगरि २०१९ पनि उनका लागि धेरै राम्रो नै भयो । अक्षयका यो वर्षमा पाँच वटा फिल्म रिलिज भएका थिए । ‘केसरी, ब्लान्क, मिशन मंगल, हाउसफुल ४ र शुभ समाचार’ सहित पाँच फिल्म रहेका थिए । उक्त वर्ष उनले ४५९.२२ करोड कमाए ।

सन् २०२० भने कोरोना महामारीको कारण फिल्म क्षेत्र पुर्ण रुपले बन्द नै रह्यो । त्यसैले पनि फिल्म सम्बन्धी सबै कामहरु ठप्प भए । बन्दाबन्दीका बाबजुद पनि उनले २०२० मा ३५६.५७ करोड कमाई गरे ।

प्रतिक्रिया