त्रिभुवन विमानस्थलबाट ५० राउण्ड गाेलीसहित आमाछोरा पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गाेलीसहित दुई जना पक्राउ परेका छन् । झापा मेचीनगर-२ का  अन्दाजी २२/२५ वर्षीय बद्रीहाङ राई र मुनादेवी राई पक्राउ परेकाे प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरू आमा-छोरा हुन् ।

‘त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरु जाँचका क्रममा पक्राउ परेका हुन् । झोलामा लुकाएको अवस्थामा उनीहरूकाे साथबाट ५० राउन्ड नाइन एमएमकाे गाेली बरामद भएकाे छ । अहिले दुवैलाई महानगरी प्रहरी वृत्त गाैशाला लगिएकाे छ’, एसएसपी कुँवरले भने ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए ।

प्रतिक्रिया