प्रचण्ड पत्नी सीतालाई उपचारका लागि भारत लगियाे

काठमाडौं । प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बइ लगिएकाे छ । पत्नीको उपचारका लागि नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, छाेरीहरू रेनु दाहाल र गंगा दाहाल पनि मुम्बइ गएका छन् ।

उनीहरू नेपाल एयरलाइन्सको उडानबाट आज बिहान ११:२० बजे मुम्बई प्रस्थान गरेका हुन् । मुम्बइकाे न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा सीताके उपचार हुने प्रचण्डका प्रेस सल्लाहका विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

प्रतिक्रिया