स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित पक्राउ

काठमाडौं । प्रहरीले स्राेत नखुलेकाे १ कराेड ४७ लाख ८६ हजार नगदसहित २ जनालाई पक्राउ गरेकाे छ ।

चन्द्रागिरी नगरपलिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलवस्तु वाडगंगा नगरपालिका-४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् । 

कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र ३ वटा झोलामा लुकाई ल्याएको उक्त रुपैयाँ फेला पारी चालक थारु र कारमा सवार अमित कुमारलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया