प्रदर्शन सशक्त बनाउन तरुण दलको परिपत्र

काठमाडौं । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्धको प्रदर्शनलाई सशक्त बनाउन मातहतका जिल्ला कमिटीलाई निर्देशन दिएको छ । अध्यक्ष जितजंग बस्नेतले आज एक परिपत्र जारी गर्दै सरकारको असंवैधानिक कदमविरुद्धको प्रदर्शनलाई प्रभावकारी र सशक्त बनाउन निर्देशन दिएका हुन् ।

कांग्रेसले संसद विघटनको विरोधमा वडा तहसम्मै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेलगत्तै तरुण दलले त्यसलाई सशक्त बनाउन सबै तह र तप्कालाई निर्देशन दिएको छ । कांग्रेसले यही पुस २५ गतेदेखि माघ ८ गतेसम्म सरकारको कदमविरुद्ध सडक संघर्ष गर्दैछ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता तथा कुशासनको विरुद्धमा विरोध प्रदर्शन गर्न लागिएको अध्यक्ष बस्नेतको भनाई छ ।

प्रतिक्रिया