एनआईसी एशियाको ९३ औँ विस्तारित काउण्टर सूर्यविनायकमा

काठमाडौँ । एनआईसी एशिया बैंकले भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा ९३ औं विस्तारित काउण्टर सुभारम्भ गरेको छ । पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा पूर्वमन्त्री बस्नेतले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच एनआईसी एशिया बैंकसँगको साझेदारीले ई–बैंकिङ्गजस्तो महत्वपूर्ण विधाले नगरपालिकाको प्राथमिकतालाई थप सशक्त बनाउन मद्दत पु¥याउने र देशको अर्थतन्त्रलाई सुदृढीकरण गर्नका लागि बैंकिङ्ग प्रणालीको महत्वपूर्ण भूमिका रहेकोमा यस बैंकसँगको साझेदारीले थप सहयोग पु¥याउने बताए ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले देशकै नमूना नगरपालिका रुपमा रहेको सूर्यविनायक नगरपालिकाको बैंकिङ्ग पार्टनर हुन पाउनुलाई बैंकले निकै ठूलो गर्व र गौरवको विषयको रुपमा लिएको बताए । साथै नगरपालिकाका मेयर वासुदेव थापाले विस्तारित काउण्टरबाट सम्पूर्ण नगरबासीले आधुनिक बैंकिङ्ग सेवा प्राप्त गर्नुका साथै कर्जा सुविधा समेत उपभोग गर्न पाउने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, सूर्यविनायक नगरपालिकाका उपमेयर श्रीमती जुना बस्नेत, प्रमुख प्रशासकिय अधिकृत कमल ज्ञवाली, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख भवराज जोशीलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया