रङ्गशाला बनाउन धुर्मुस–सुन्तली फाउण्डेशनलाई अल्का अस्पतालको २५ लाख सहयोग

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ललितपुरको अल्का अस्पतालले धुर्मुस-सुन्तली फाउन्डेसनलाई २५ लाख हस्तान्तरण गरेको छ । रङ्गशाला निमार्णा स्थलमा पुगेर अल्का अस्पतालका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन् ।

रङ्गशाला निमार्णमा सहयोग पुग्ने हिसाबले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए । धुर्मुस-सुन्तली फाउन्डेसनका सिताराम कट्टेल ‘धुर्मुस’ले थालेको एकल अभियानमा आफूहरू सहयोगी हातका रूपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ थियो ।

यस अघि पनि सिताराम कट्टेल धुर्मुसजीले सामाजिक काममा सफलता पाइसक्नु भएको छ,’ थापाले थपे, ‘रङ्गशाला बनाउने अभियान बढिरहेकाले काठमाडौँबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ ।’

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिगाहा ६ कट्ठा क्षेत्रफलमा निर्माण हुने रङ्गशाला ३० हजार दर्शक क्षमताको रङ्गशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तूप रहनेछ । रङ्गशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ ।

प्रतिक्रिया