हलहरू आर्थिक संकटमा, ‘राधे’ लाई इदमा रिलिज गर्न सलमानसँग आग्रह

एजेन्सी । बलिउड फिल्म उद्योगका सुपरस्टार अभिनेता सलमान खानका प्रायः सबै फिल्मले बक्स अफिसमा १०० करोड सजिलै पार गर्छन् ।

उनको इतिहासलाई मध्येनजर गर्दै देशभरी रहेका प्रदर्शकहरुले २०२१ को इदलाई लक्षित गरेर ‘राधे’ सिनेमाघरमा रिलीज गर्न प्रदर्शनीहरुले अपिल गरेका छन् ।

प्रदर्शकहरुले विश्वास गरेका छन् कि सलमानले ‘राधे’लाई इदमा रिलिज गरि दर्शकहरुलाई सिनेमाघरमा ल्याउन र आफूहरुको आर्थिक संकट जोगाउन मदत गर्ने छन् । त्यसाे त २०२० देशभरीका फिल्म प्रदर्शनी क्षेत्रका लागि अत्यन्त कठिनाई वर्ष पनि भयो । सयौं एकल स्क्रीन र स्वतन्त्र सिनेमा गत १० महिनादेखि बन्द छन् । यसले लाखौं व्यक्तिको जीविकामा असर पारेको छ, जो प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कर्मचारी थिए ।

प्रदर्शकहरुको अपिल
राधे फिल्महरु मध्ये एक हो जुन स्वतन्त्र सिनेमाघरलाई पुनर्जीवित गर्न सक्षम छ । त्यसाे त यो फिल्म रिलिज भएमा आर्थिक रहत हुने छ । यसले सिनेमा मालिक र कर्मचारीहरूका लागि भविष्यको आशाको किरण पनि देखाउँदछ ।

२०२१ को ईदमा देशभरीका सबै सिनेमाघरमा यो फिल्म रिलीज गर्न अपील गर्दछौं । किनभने हामी प्रदर्शकहरू र तपाईका लाखौं प्रशंसकहरू उत्सुकताका साथ थिएटरमा फर्किने प्रतीक्षा गरिरहेका छौं ।

प्रतिक्रिया